अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि

अर्थ चौतारी

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि

A A- A+

काठमाडौं- नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधि अजुई हाङ राईले चुमेका छन् ।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए ।जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए ।दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा एक सय प्रतियोगी छनोट गरिएको थियो ।अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धी छनोट भई लाइभ अडिसन राउण्ड, इलिमिनेसन राउण्ड गर्दै उत्कृष्ट १६ प्रतिस्पर्धी छनोट भएका थिए ।उत्कृष्ट १६बाट उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएको थियो । त्यसपछि उनीहरूसँग प्रतिश्पर्धामा उत्कृष्ट हुँदै राई सेफ नेपालको विजेता बन्न सफल भएका हुन् ।अब छिट्टै शोको सक्सेस पार्टी आयोजना गरि विजेतालाई पुरस्कार हस्तान्तरण गरिने शेफ नेपालका परिकल्पनाकार एवम् क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।सर्वसाधारणलाई समेत सहभागी गराएर शेफ नेपालको पहिलो सिजन सम्पन्न गरिएकामा दोस्रो सिजनमा भने सेफहरूलाई सहभागी गराएर शेफ प्रोफेसनल शो गरिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?