आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

अर्थ चौतारी

आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

A A- A+

भोजपुर ।  भोजपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । अरुण गाउँपालिका ४ का ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ६८ वर्षीया निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेका थिए । निरकुमारी नातामा मिलनकी आमा हुन् । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?