सडक सुधारका लागि विश्व बैंकले नेपाललाई एक सय मिलियन डलर ऋण दिने

सडक सुधारका लागि विश्व बैंकले नेपाललाई एक सय मिलियन डलर ऋण दिने

अर्थ चौतारी

सडक सुधारका लागि विश्व बैंकले नेपाललाई एक सय मिलियन ...

A A- A+

काठमाडौं । प्रादेशिक र स्थानीय सडक सुधार आयोजनाका लागि विश्व बैंकले नेपाललाई एक सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको व्यवस्थापनका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले उक्त सहुलियतपूर्ण ऋण दिने भएको हो । सोसम्बन्धी सम्झौतामा सोमबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ ।

त्यस्तै प्रदेश र विश्व बैंकबीच छुट्टाछुट्टै परियोजनामा पनि सम्झौता भएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत करिब १० लाख जनतालाई लाभान्वित हुने गरी करिब ३ सय किलोमिटर सडकको सुधार गरिने बताइएको छ ।

यस कार्यक्रमले ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारमा पहुँच सुधार गर्न र यात्रा समय र लागत घटाउँदै नेपालको आर्थिक सम्भावनालाई अघि बढाउन मद्दत गर्ने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए ।

तीन चरण अन्तर्गतको पहिलो कार्यक्रमले नेपालका सात प्रदेशमध्ये तीन र चार स्थानीय क्षेत्रलाई लक्षित गरी आगामी चरणमा विस्तार गरिने बताइएको छ । आयोजना प्रदेशका भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?