यस्तो छ सुर्या र बबीको फिल्म ‘कंगुवा’ को टिजर (भिडिओ)

यस्तो छ सुर्या र बबीको फिल्म ‘कंगुवा’ को टिजर (भिडिओ)

अर्थ चौतारी

यस्तो छ सुर्या र बबीको फिल्म ‘कंगुवा’ को टिजर ...

A A- A+

दक्षिण भारतीय फिल्म 'कंगुवा' को टिजर सार्वजनिक भएको छ। 

मंगलबार सारेगम तमिल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा सुर्या र बबी देओलको भिडन्त देख्न सकिन्छ। 

५१ सेकेन्डको टिजरमा बबी देओललाई खुंखार अवतारमा देखाइएको छ। फिल्ममा उनी अबरार पात्रको भूमिकामा देखिनेछन्। उनको १५ देखि २० मिनेटको भूमिका रहेको बताइएको छ। 

शिवले निर्देशन गरेको फिल्ममा सुर्या र बबीसँगै दिशा पाटनीको मुख्य भूमिका छ। फिल्मलाई निशद युसुफले छायांकन गरेका हुन्।

यो फिल्म ३८ भाषामा प्रदर्शन गरिने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?