अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया जिल्ला अस्पतालको भुईंमा बिरामीको उपचार गर्ने ?

अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया जिल्ला अस्पतालको भुईंमा बिरामीको उपचार गर्ने ?

अर्थ चौतारी

अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया जिल्ला अस्पतालको भुईंमा ...

A A- A+

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले बर्दिया जिल्ला अस्पतालमा बिरामीको अत्यधिक चापका कारण आकस्मिक कक्षमा बिरामीलाई उपचार गर्ने ठाउँ नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद खानले अस्पतालको भुँइमा राखेर बिरामीको उपचार गर्ने काम भइरहेको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले गर्मीका कारण देशभरको जनजीवन अस्तव्यस्त रहेको बताउँदै बाँके र बर्दियामा अत्यधिक गर्मीका कारणले  विद्युत्‌काे अत्यधिक कटौती हुँदा पङ्खा, एसी चलाउन समेत नपाउँदा जनता धेरै पीडित रहेको बताए । उनले विद्युत नियमित गर्नका लागि विद्युत् प्राधिकरणलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?