अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने

अर्थ चौतारी

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने

A A- A+

काठमाडौँ । सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ ।  काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,  प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए । १२ वर्षअघि अर्थात २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?