बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

अर्थ चौतारी

बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

A A- A+

काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ ।  सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।गत जेठ १५ गते गठन भएको समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन् । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई  तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?