शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला

शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला

अर्थ चौतारी

शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला

A A- A+

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कन्जुस्याइँ गर्न नहुनेमा जोड दिए ।

सहकारी पीडित, मिटरब्याज पीडित र चिकित्सालगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टि प्रकट गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरे । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गरे ।

सङ्घीय संसद्को बर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उनले कामना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?