बझाङका पत्रकार सिंहलाई २०२३ को वातावरण पत्रकारिता पुरस्कार

बझाङका पत्रकार सिंहलाई २०२३ को वातावरण पत्रकारिता पुरस्कार

अर्थ चौतारी

बझाङका पत्रकार सिंहलाई २०२३ को वातावरण पत्रकारिता पुरस्कार

A A- A+

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार वसन्तप्रताप सिंहलाई दिने भएको छ । कान्तिपुर दैनिकमा कार्यरत सिंह वातावरण क्षेत्रमा निरन्तर खोजमूलक समाचार लेख्दै आएका छन् ।नेवापस ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा ३ दशकदेखि वातावरण क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जनाएको छ ।समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने सिंह ३७ औं पत्रकार हुन् । उनलाई समूहको आगामी साधारण सभामा पुरस्कार हस्तान्तरण गरिने नेवापसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?