काठमाडौं । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदूर आन्दोलन शुरु भएको थियो । यसै दिनको सम्झनामा विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
नेपालमा भने विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले आज अन्तक्र्रिया, चेतनामूलक ¥याली जस्ता कार्यक्रमहरु आयोजना गरी श्रमिक दिवस मनाइँदै छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच