भाजपा ३ सिटमा विजयी हुँदा कंग्रेसलाई १ सिट

भाजपा ३ सिटमा विजयी हुँदा कंग्रेसलाई १ सिट

अर्थ चौतारी

भाजपा ३ सिटमा विजयी हुँदा कंग्रेसलाई १ सिट

A A- A+

भारतीय लोकसभा निर्वाचनको जारी मतगणनामा पछिल्लो परिणामअनुसार भारतीय जनता पार्टीका तीन उम्मेदवार विजयी घोषित भएका छन्।सुरतबाट भाजपाका मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए भने भाजपाले जयपुर र कनार्टकको चित्तदुर्गामा विजय हासिल गरेको छ।जयपुरका भाजपाकी मञ्जु शर्मा ३ लाख ३१ हजारभन्दा बढी मत अन्तरले विजयी भएकी छन् भने चित्तदुर्गाबाट भाजपाका गोविन्द मकथप्पा कजरोल ४८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।उता पञ्जाबको जालन्धरबाट कांग्रेसका चरनजित सिंह चन्नी १ लाख ७५ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।जारी मतगणनामा भाजपाले २३८ सिटमा लिड गरिरहँदा कांग्रेस ९७ सिटमा अगाडि छ। भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ८८ सिटमा अग्रता लिइरहँदा भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २ सय ३६सिटममा अगाडि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?