बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले

बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले

अर्थ चौतारी

बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम ...

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन् ।मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले समग्रमा सन्तुलित बजेट आएको बताएका हुन् ।विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए । प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताए ।अर्थमन्त्रीले जानेर वा नजानेर केही मिसन मोडको पहिचान गर्नुभएको छ’ वाग्लेले भने ।अर्थमन्त्रीले तय गरेका मिसन मोडहरूमा डिटिलाइजेसन, ऊर्जा, पर्यटन, कृषि र हरित औद्योगीकरण रहेको उनले औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?