मंगलबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । लोकसभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट देखिएको हो ।दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक (७.९७ प्रतिशत) घटेको छ । साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार याे सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ । निफ्टी ५० सूचक ८.३७ प्रतिशत घटेको छ ।मुख्यतः भारतीय लोकसभाको नतिजा आउने क्रम सुरु भएपछि बजारमा भारी गिरावट देखिएको हो । चुनावको नतिजा भारतीय सञ्चारमाध्यमले गरेको प्रक्षेपणको तुलनामा केही फरक देखिँदा बजार प्रभावित बनेको अनुमान छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच