कुलमानलाई बर्खास्त गरेर सरकारले जे गर्यो ठीक गर्यो, अब निष्पक्ष आयोग बनाएर उनीमाथि छानविन हुनुपर्छः वरिष्ठ अधिवक्ता कर्ण

कुलमानलाई बर्खास्त गरेर सरकारले जे गर्यो ठीक गर्यो, अब निष्पक्ष आयोग बनाएर उनीमाथि छानविन हुनुपर्छः वरिष्ठ अधिवक्ता कर्ण

अर्थ चौतारी

कुलमानलाई बर्खास्त गरेर सरकारले जे गर्यो ठीक गर्यो, अब ...

A A- A+

काठमाडौं, १२ चैत । वरिष्ठ अधिवक्ता रमण कर्णले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेर ठीक गरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमानलाई हटाएर ठीक गरेको सरकारले अब उनले गरेको बेथिति पनि बाहिर ल्याउनुपर्ने बताए ।

‘जुन तवरले उहाँ हिँडिरहनु भएको थियो र कुराहरु सामुन्ने आएको छ, सरकारको निकायमा सरकारले नियुक्त गरेको व्यक्ति सरकारलाई पनि नमान्ने, संस्थानलाई अराजक बनाउने किसिमले उहाँ हिँडिसक्नु भएको थियो । त्यसलाई रोक्ने काम सरकारबाट भएको छ, त्यो राम्रो छ । उहाँले जे गर्नुभएको थियो, त्यसको परिणाम हो यो,’– उनले भने ।

साथै, घिसिङले गलत विवरण राखेर नागरिकलाई ठगेको, ठेक्कामा हाबी भएको, कानुन नमानेको र कुलमानको इच्छाअनुसार प्राधिकरण चल्न खोजेको उनले बताए । प्राधिकरणमा कुलमानले व्यापक भ्रष्टाचार गरेको उनको आरोप छ । निष्पक्ष आयोग बनाएर, विशेष अधिकार दिएर कुलमानमाथि छानविन गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?