गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

अर्थ चौतारी

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

A A- A+

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सोध्न आग्रह गरेका छन् ।

 

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीको गिरीबन्धु टी-स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर साहलाई सोध्न आग्रह गरेका हुन् ।

 

सामाजिक सञ्जालमा गिरीबन्धु टी-स्टेटको घोटालाबारे एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु भनेका थिए ।

 

सञ्चारकर्मीहरूको गिरीबन्धु टी-स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार मेयर साहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?