काठमाडौं । भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ-४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो । काठमाडौंको बागबजार बस्दै आएकी सुस्मा चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । नेपाली ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् । ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ । सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच