नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ दर्जनौँको ज्यान गइरहेको छ । गर्मी र लूका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । ओडिशामा गएको ७२ घण्टामा गर्मीका कारण ९९ जनाको मृत्यु भएको छ । यीमध्ये २२ जनाको मृत्यु लूले गर्दा भएको पुष्टि गरिएको छ । यस वर्ष गर्मी सुरु भएयता राज्यमा १४१ जनाको मृत्यु लुले गर्दा भएको बताइएको छ । भारतीय मौसम विभागका अनुसार जुन २ मा राज्यका कयौँ स्थानमा तपामान ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । आगामी तीन दिनमा भने लू कम हुने अनुमान गरिएकोले मृत्युका मामिलाहरू कम हुने आशा गरिएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच