हावाहुरीले बैतडीमा एक सहकारी भवनको छानो उडायो

हावाहुरीले बैतडीमा एक सहकारी भवनको छानो उडायो

अर्थ चौतारी

हावाहुरीले बैतडीमा एक सहकारी भवनको छानो उडायो

A A- A+

बैतडी ।  बैतडीमा हावाहुरीले एक सहकारी भवनको छानो उडाएको छ ।  पाटन नगरपालिका ८ स्थित भगवती कृषि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको दुईकोठे भवनको छानो उडाएको हो । आइतबार (हिजो)राति लगभग आठ बजेतिर आएको हावाहुरीले  जस्तापाताले छाएको छानो उडाएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । बिष्टका अनुुसार भवनको छानो पूर्ण रुपमा नष्ट गरेको छ । भवनभित्र रहेका कागजपत्र र कुर्सी टेबलहरुमा समेत क्षति पुगेको छ । क्षतिको यकिन विवरण  आउन बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?