लुम्बिनी प्रदेश सरकारको बैठकः जेठ २१ गते नीति तथा कार्यक्रम ल्याउने

लुम्बिनी प्रदेश सरकारको बैठकः जेठ २१ गते नीति तथा कार्यक्रम ल्याउने

अर्थ चौतारी

लुम्बिनी प्रदेश सरकारको बैठकः जेठ २१ गते नीति तथा ...

A A- A+

दाङ- लुम्बिनी प्रदेश सरकारले यही जेठ २१ गते आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो।नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए।प्रदेश मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ।बाणगंगा नगरपालिका- ८ कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन्। अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना आयाेग पदाधिकारी विहीन थियो।मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन्। पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा शुसान्त बैद्दिकलाई नियुक्त गरेका हुन्।प्रदेश सरकार मातहतमा रहेका अस्पतालका प्रमुखहरूको सरुवा समेत गरिएको छ।गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ। भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भीम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको छ। यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रूपमा डा.ईन्द्र ढकाललाई बनाउने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?