नवीकरण नगर्ने क्यासिनोको इजाजत स्वतः खारेज हुने

नवीकरण नगर्ने क्यासिनोको इजाजत स्वतः खारेज हुने

अर्थ चौतारी

नवीकरण नगर्ने क्यासिनोको इजाजत स्वतः खारेज हुने

A A- A+

काठमाडौं । हरेक आर्थिक वर्षको जेठ मसान्तभित्र इजाजत नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने भएको छ ।

 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ले पर्यटन ऐनमा गरेको संशोधनले सो व्यवस्था गरेको छ ।

 

पर्यटन विभागले ऐनमा भएको यो प्रावधान स्मरण गराउँदै जेठ मसान्तभित्र नवीकरण गरी इजाजत कायम गराउन सबै क्यासिनो सञ्चालकहरुलाई सचेत गराएको छ ।

 

पर्यटन विभागका अनुसार क्यासिनो सञ्चालनको इजाजत पत्र प्राप्त व्यक्तिले क्यासिनो सञ्चालनको इजाजत मान्य अवधि सकिनुभन्दा कम्तीमा तीस दिन अगावै क्यासिनो सञ्चालनको इजाजत पत्र नवीकरण गर्न निवेदन दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?