पाँच वर्षे हदम्याद राखेर ठूला दलले भ्रष्टाचारीलाई चोख्याउन खोजेको सांसद अमरेशको आरोप

पाँच वर्षे हदम्याद राखेर ठूला दलले भ्रष्टाचारीलाई चोख्याउन खोजेको सांसद अमरेशको आरोप

अर्थ चौतारी

पाँच वर्षे हदम्याद राखेर ठूला दलले भ्रष्टाचारीलाई चोख्याउन खोजेको ...

A A- A+

काठमाडौं, ६ भदौ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले २०४८ सालदेखि सरकार चलाएका ठूला दलका नेताहरुलाई भ्रष्टाचारको मुद्दामा चोख्याउन ५ वर्षे हदम्याद राख्न खोजिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ५० वर्षपछि पनि मुद्दा चलाइनुपर्ने र कुनै हदम्याद राखिन नहुने बताए।  ‘ठूला दलले २०४८ सालदेखि सरकार चलाएका छन् । आफूलाई चोख्याउन ५ वर्षको समय राखेको छ ? भ्रष्टाचार भनेको भ्रष्टाचार हो । ५० वर्षपछि थाहा भएपनि भ्रष्टाचारको मुद्दा भ्रष्टाचार नै हुन्छ । त्यसलाई चोख्याउन मिल्दैन । पाँच वर्षको समय दिएर भ्रष्टाचार चोख्याउन लागिएको हो ? त्यसमा मेरो आपत्ति छ,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?