सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना

अर्थ चौतारी

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना

A A- A+

धनगढी– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । कैलालीको लम्कीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि प्रदेश राजधानी धनगढीबाट चिसापानी जाने क्रममा मन्त्री सवार गाडीहरू लम्कीमा एक–आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ झ ३३० र बा२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । सार्की से १ झ ३३० मा र पाल बा २ झ १४१९ नम्बरको गाडीमा सवार थिए । दुबै गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । कैलालीको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्‌घाटन गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?