युवकलाई खुकुरी हानेर फरार दुई जना पक्राउ

युवकलाई खुकुरी हानेर फरार दुई जना पक्राउ

अर्थ चौतारी

युवकलाई खुकुरी हानेर फरार दुई जना पक्राउ

A A- A+

काठमाडौँ । काठमाडौँमा एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका–५ घर भएका २६ वर्षीय मिङ्मा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् ।

गत साउन २५ गते राति अन्दाजी साढे १० बजे काठमाडौँ महानगरपालिका–२५ स्थित उग्रतारा मन्दिर अगाडि उनीहरूले रुकुमपूर्व सिस्ने गाउँपालिका–५ बस्ने २४ वर्षीय सुमन खड्कामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरी खड्कालाई घाइते बनाएर उनीहरू फरार रहेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिङ्मा र रिन्जीलाई शनिबार पुरानो बसपार्कबाट पक्राउ गर्न सफल भएको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान र तथा कारबाहीका लागि प्रहरी वृत्त, जनसेवा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?