बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला

बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला

अर्थ चौतारी

बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर ...

A A- A+

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बर्खास्त गर्नुपर्ने मन्त्रीलाई मन्त्रिपरिषद बैठकमा सहभागी गराइएको प्रति आश्चर्य व्यक्त गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताप्रति सङ्केत गर्दै घुस काण्डका प्रमाण आइसक्दा पनि बर्खास्त हुनुको साटो प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषदमा सहभागी भएको उल्लेख गर्दै आश्चर्य प्रकट गरेका हुन् ।

उनले उक्त प्रकरणमा आफ्नै दल नेपाली कांग्रेस साक्षी किनाराको सदर भएको उल्लेख गर्दै विपक्षीले पनि सदनमा कर्मकाण्डी राजीनामा मात्रै माग्ने गरेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘मन्त्रीक्वार्टरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।’

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ४० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?