काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले समितिमा विधेयकमाथि यसअघि भएका सहमतिलाई कुनै असर नपर्ने गरि शिक्षकहरुसंग छलफल गरि टुङ्गोमा पुराउन सरकारलाई पाँच दिनको समय दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमा रहेका बिषयमा सहमति जुटाएर समितिमा जानकारी शिक्षामन्त्रीलाई पाँच दिनको समय दिए। शिक्षा मन्त्री रघुजी पन्तले भने समय नतोक्न आग्रह गरेका थियो । तर अनिश्चितकालसम्म बैठक स्थगीत गर्दा विधेयक अघि बढ्न नसक्ने देखिएकाले अन्तिम पटकका लागि पाँच दिनको समय दिएको सभापति थापाले बताए ।
बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे । त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेर सहमतिको वातावरण बनाउने बताए । उहाले अव केहिदिनको समय लिएर विधेयक अघि बढाउन आग्रह गरे।
समिति सदस्यहरुले सरकारका कारण विधेयक रोकिएको भन्दै आपत्ति जनाएका थिए । माओवादी सांसद रेखा शर्माले समितिमा सहमति भइसकेको बिषयमा फेरि अनावश्यक विवाद गर्न आवश्यक नरहेको बताइन् । उनले शिक्षा समितिमा कांग्रेस वा अन्य कुनै दलको ह्वीप नमान्ने धारणा राखेपछि कांग्रेस प्रमुख सचेतक घिमिरले आपत्ति जनाए । घिमिरेले आफ्नो अपमान भएको भन्दै बैठकबाट हिड्न खोजेपछि सभापति अम्वर बहादुर थापाले रोकेका थिए।
त्यस्तै बैठकमा एमाले सांसद विद्या भट्टराईले शिक्षकहरुलाई सवैले सम्मान गर्नुपर्ने र सेवा सुविधाका बारेमा ऐनले बोल्नुपर्ने भएपनि अडान कायम गर्नु उचित नहुने बताइन् । त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले विधेयकमाथि पहुँचवाला शिक्षकहरुले राजनीति गर्न नहुने धारणा राखिन् ।
विधेयकका सन्दर्भमा शिक्षा मन्त्रालय र शिक्षकहरुबीच कुरा मिल्न नसक्दा समितिमा सवै बिषयमा सहमति जुट्दा समेत विधेयक अघि बढ्न सकेको छैन।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच