काठमाडौँ। रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफुहरुलाई बोल्न नदिएको टिप्पणी गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै झाले बिहान सभामुखसंग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसबिपरित सभामुखले आफुहरुलाई बोल्न नदिएको बताएका हुन् ।
झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे। प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसंग उधारो सहमति गरेकाले आफुहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए । उनले भिजिट भिसा प्रकरणको छानविनको ठोस प्रक्रिया चालिने भनिएपनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको जिकिर गरे ।
झाले नियमावलीको बिपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक बर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच