काठमाडौं– भगवती हाइड्रोपावरले १४ प्रतिशत लाभांश (बोनस) दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको १०.७३६८ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार ६८४ रुपैयाँ कर सहित नगद बोनस दिने भएको छ ।
कम्पनीका सचिव अर्जुन बहादुर खवासका अनुसार गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँ बराबरको शेयर बोनस दिने भएको छ ।
उक्त बोनस कम्पनीको आगामी साउन १६ गते बस्ने साधारण सभाले पारित गरेपछि शेयर धनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ । सभा आगामी साउन १६ गते नयाँ बानेश्वर काठमाडौंमा बस्ने भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच