अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी

अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी

अर्थ चौतारी

अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी

A A- A+

काठमाडौँ ।  एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्।जारी महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्त्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदैछन्।

अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। पार्टी नेतृत्वले हिजो नै कडरियाको नाममा सहमति गराउने प्रयास गरेको थियो। तर, पौडेल पक्षले नाराबाजीसहित चुनाव मागेपछि आज मतदान हुँदैछ। कडरिया एमाले संस्थापन पक्षका उम्मेदवार हुन्। उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ।

संस्थापन पक्षले उपाध्यक्षमा श्रेष्ठ र सिवाकोटीलाई समर्थन गरेको छ। महासचिवमा दीपक धामीलाई साथ दिएको छ। महासचिवमा आरके रोमस, र सुनिल कँडेलले पनि उम्मेदवारी दिएका छन्। संस्थापन पक्षले अध्यक्ष, उपाध्यक्ष र महासचिवबाहेक अहिलेसम्म आफ्नो उम्मेदवार तोकेको छैन।

पौडेल पक्षबाट महासचिवमा रोमसलाई समर्थन गरेका छन्। भने उपाध्यक्षमा असन्तुष्टलाई तान्ने गरी अहिले छलफल चलाइरहेको छ। आरती भट्टराई, भरतसिंह धामीलगायतसँग छलफल चलिरहेको बताइएको छ। यो समूहले पनि उपमहासचिव र सचिवमा आफ्नो उम्मेदवार टुङ्ग्याएको छैन।

उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओलीलगायतले उम्मेदवारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?