कृषाको  नयाँ फिल्म ‘जहाजैमा’

कृषाको नयाँ फिल्म ‘जहाजैमा’

अर्थ चौतारी

कृषाको नयाँ फिल्म ‘जहाजैमा’

A A- A+

काठमाडौं– फिल्म ‘पिताम्बर’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक कृषा चौलागाईँले आफ्नो नयाँ फिल्मको शीर्षक सार्वजनिक गरेकी छिन् ।अघिल्लो साता जापान भ्रमणका क्रममा निर्देशक चौलागाँइले साइन गरेको फिल्मको शीर्षक ‘जहाजैमा’ राखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

आफ्नो फेसबुक अकाउन्टमा फिल्मको पोस्टर शेयर गर्दै निर्देशक चौलागाईँले यो फिल्म सन् २०२६ मा प्रदर्शन हुने जानकारी गराएकी छिन् । ‘अबको यात्रा…’ भन्दै निर्देशक चौलागाईँद्वारा शेयर गरिएको पोस्टरमा एउटा विमानको तस्विर देखिन्छ भने एक जना पुरुष सुटकेश बोकेर उक्त जहाजतर्फ हेरिरहेको देखिन्छ । पृष्ठभुमिमा भने एउटा अत्याधुनिक शहर देख्न सकिन्छ ।

‘जहाजैमा’ शीर्षकसंगै अंग्रेजी भाषामा एउटा शब्द पनि लेखिएको देखिन्छ, जसको अर्थ हुन्छ– ड्डजहाँ हरेक लहरले कथा लुकाउँछ…।’ यो फिल्ममा नेपालसहित भारत तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको बताइन्छ ।यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ ।

अघिल्लो साता यही फिल्म निर्देशनका लागि यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँबीच कागजी सम्झौता भएको थियो । निर्देशक चौलागाईका अनुसार यो फिल्मको छायांकन भदौदेखि प्रारम्भ हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिने छ । यो फिल्मका लागि निर्देशक कृषा चौलागाईँले १५ प्रतिशत शेयर तथा ५५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?