कोहलपुरमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलायो गोली

कोहलपुरमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलायो गोली

अर्थ चौतारी

कोहलपुरमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलायो ...

A A- A+

काठमाडौँ : बाँकेको कोहलपुरमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।
कोहलपुरस्थित पिपरा भन्ने स्थानमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।

प्रहरीले दिएको जानकारी अनसार काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको प्रहरीको भनाई छ।

ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।

कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?