‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक

‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक

अर्थ चौतारी

‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक

A A- A+

काठमाडौ । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३४ सेकेण्ड लम्बाइको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । भुटानी शासकबाट लखेटिएका भुटानीको पीडा र नेपालको धर्म-संस्कृतिमाथि भइरहेको आक्रमणलाई फिल्मले मुख्य कथावस्तु बनाएको टिजरबाट बुझ्न सकिन्छ ।

मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको अभिनय रहेको छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । यसमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ ।

फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?