काठमाडौं। प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । आज दिउँसो १ बजेको लागि बोलाईएको बैठक सुरु हुन सकेको छैन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षीहरुले सदनको अवरोध जारी राखेका छन् । प्रतिनिधिसभाको बैठक बस्ने समय घर्किसकेको छ ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षीहरुको बैठक राखेका छन् । संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा दाहालले विपक्षीहरुको बैठक राखेका हुन् । सत्तापक्ष र प्रतिपक्षीहरुबीच सदनको अवरोध खुलाउने विषयमा अझे सहमति हुन नसकेको हो । विपक्षीहरुले राखेका माग पूरा गर्न नसकिने सत्तापक्षको अडान कायमै छ ।
हिजो (बिहीबार) सदनको अवरोध खुलाउने विषयमा मध्यमार्गी प्रस्तावको बारेमापनि छलफल भएको थियो । गृहमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा माओवादी र एकीकृत समाजवादी लचक देखिएका छन् । तर, रास्वपाले भने मानेको छैन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच