आज पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार

आज पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार

अर्थ चौतारी

आज पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार

A A- A+

काठमाडौँ । आज पनि नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ। सातामा कारोबार हुने अन्तिम दिन आज नेप्से घटेको हो । अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ। बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैङ्क सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोड बराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशत बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?