उद्धारदेखि राहत वितरणसम्मका सबै संयन्त्र तयारी अवस्थामा रहेको प्राधिकरणको दाबी

उद्धारदेखि राहत वितरणसम्मका सबै संयन्त्र तयारी अवस्थामा रहेको प्राधिकरणको दाबी

अर्थ चौतारी

उद्धारदेखि राहत वितरणसम्मका सबै संयन्त्र तयारी अवस्थामा रहेको प्राधिकरणको ...

A A- A+

काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसबर्षको मनसुनजन्य विपदबाट करिव २० लाख सर्वसाधारण प्रभावित हुन आंकलन गरेको छ ।

मनसुन पुर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेको भन्दै करिव २० लाख सर्वसाधारण सर्वसाधारण प्रभावित हुन आंकलन रहेको जनाएको हो ।

प्राधिकरणको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने देखिएको प्राधिकरणका प्रवक्ता राम बहादुर के.सी.ले जानकारी दिए । उनले बिपद जोखिम न्यूनिकरणका लागि मनसुन सुरुहुने बितिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय हुने बताए । उनले खोज तथा उद्धारका लागि बेलिब्रिज, र्याफ्टिङ बोट र हेभी इक्यूपमेन्टसहितका सामग्रीहरु प्रयाप्त मौज्दात राखिएको बताए प्रवक्ता केसीले मनसुन प्रतिकार्यका लागि सवै स्थानीयहलाई सक्रिय बनाउने गरि परिपत्र समेत जारी भइसकेको उल्लेख गरे । .

त्यस्तै केन्द्रीय र जिल्ला बिपद व्यवस्थापन कोषमा प्रयाप्त मौज्दातको सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख एवं सहसचिव बन्धु प्रसाद बास्तोलाले विपद्का सूचना तथा जानकारी समयमै नागरिकसम्म पुर्‍याउने कार्यमा सवैको सहयोग आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?