काठमाडौं । एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटमा आज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीविरुद्ध खेल्दै छ ।
भुटानको लिग च्याम्पियन पारो एफसी चर्च ब्वाइजविरुद्ध जापानी स्टार केसुके होन्डासहित मैदानमा उत्रिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
यो खेलका निम्ति चर्च ब्वाइज बालगोपाल महर्जनको प्रशिक्षणमा छ । सहायक प्रशिक्षकमा रमेश दंगाल र टिम व्यवस्थापकमा अशोक थापा छन् । खेलका निम्ति चर्च ब्वाइजले रंगशालाको साधारण प्यारापिटको प्रतिटिकट मूल्य २०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच