राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

राष्ट्रियसभाका उपस्थित सदस्य काठमाडौँ, २० जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा उपस्थित सदस्यहरु। तस्बिरः गोपाल दाहाल÷रासस

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

अर्थ चौतारी

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

A A- A+

काठमाडौं– संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।

सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेका थिए । विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मनु भएका संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो ।

स्वर्गीय खड्का नेपाली कांग्रेसबाट २०४८ र ०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र ०६४ सालमास्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए ।सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?