कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना, कस्तो अहिलेको अवस्था ?

कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना, कस्तो अहिलेको अवस्था ?

अर्थ चौतारी

कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना, कस्तो अहिलेको ...

A A- A+

काठमाडौँ । चर्चित कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् । कमेडियन सुमन कार्कीले सामाजिक सञ्जाल मार्फत सहकर्मी गौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

पहिलेदेखि गौडेलले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनले गौडेलको स्वास्थ्यमा अहिले ठिक भएपनि फलोअपका लागि त्यहाँ पुगेको जानकारी दिए ।

कमेडियन गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि उनले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए । कमेडियन सुमन कार्की लगायतका सहकर्मीले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?