अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

अर्थ चौतारी

अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

A A- A+

काठमाडौँ  । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट अमेरिकी पेस्तोल र गोलीसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुरका २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरीनगरका ३२ वर्षीय विजय तिवारी रहेका छन्।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले बिहीबार दिउँसो मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। मोटरसाइकल चालक तिवारी र पछाडि सवार ढकालको साथबाट मेड इन युएसए’ लेखिएको पेस्तोल, १ राउण्ड गोली र १ थान म्यागजिन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धान भइरहेको र हतियारको स्रोत तथा उद्देश्यबारे थप खुलासा गर्न खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?