काठमाडौँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट अमेरिकी पेस्तोल र गोलीसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुरका २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरीनगरका ३२ वर्षीय विजय तिवारी रहेका छन्।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले बिहीबार दिउँसो मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। मोटरसाइकल चालक तिवारी र पछाडि सवार ढकालको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, १ राउण्ड गोली र १ थान म्यागजिन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धान भइरहेको र हतियारको स्रोत तथा उद्देश्यबारे थप खुलासा गर्न खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच