काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन तथा पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदन आज पनि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि यी दुई रिटमाथि सुनुवाइ जारी छ। बुधबार न्यायाधीश सुवेदीको संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसक्दा सुनुवाइ स्थगित भएको थियो।
बिहीबारको सुनुवाइमा रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए। त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले आफ्नो तर्क पेश गरेका थिए। हाल सरकारी पक्षबाट सहायक महान्यायाधिवक्ता गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरिरहेका छन्।
सरकारी वकिलहरूको बहस शुक्रवारसम्म सकिने अनुमान गरिएको छ। त्यसपछि पीडित पक्षका कानुन व्यवसायीले बहस गर्ने छन्। सबै पक्षको बहसपछि जवाफी बहसको चरण सुरु हुनेछ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच