काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् ।उनले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाए ।
त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रिक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गरे ।फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफूहरू विद्रोहमा जाने उनले बताए ।उनले सरकारको कदम मानवअधिकार र संविधान विरुद्धका साथै प्रजातान्त्रिक हक अधिकारको विरुद्ध रहेको जिकिर गर्दै घोर भर्त्सना गरे ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच