इतिहासको रछ्यानमा फालिएको शाह वंशीय सामन्ती प्रथालाई ब्यूँताउने प्रयास सफल हुन सक्दैन : ओली

इतिहासको रछ्यानमा फालिएको शाह वंशीय सामन्ती प्रथालाई ब्यूँताउने प्रयास सफल हुन सक्दैन : ओली

अर्थ चौतारी

इतिहासको रछ्यानमा फालिएको शाह वंशीय सामन्ती प्रथालाई ब्यूँताउने प्रयास ...

A A- A+

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै विगतमा अन्त्य गरिसकिएको शाह वंशीय सामन्ती शासनप्रणालीलाई पुनर्जीवित गर्ने प्रयासको कडा आलोचना गरेका छन्। उनले राजनीतिक अस्थिरताको लाभ उठाउँदै समाजमा भ्रम फैलाउने र संविधानविपरीतको गतिविधि बढाउने कोसिस भइरहेको बताए।

इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्यूँताउने प्रयास सफल नहुने उनले बताए । आज संसद बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो अढाइ सय वर्ष शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बनेको समेत दावी गरे ।

ओलीले भने, ‘हजार वर्षभन्दा बढी समय विभिन्न नामका भुरे–टाकुरे, राजा/रजौटाहरुले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए । पछिल्लो अढाइ सय वर्ष जति शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो ।’ अनिर्वाचित, परिवार र वंश आधारित ‘संस्था’ वा ‘तन्त्र’ कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई २०६२÷६३ को परिवर्तन मार्फत् निष्कर्षमा पुर्‍याइएको र २०७२ सालमा जारी संविधानमार्फत् संस्थागत गरिएको ओलीले बताए ।

‘हामीले कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता या वंश–परम्परामा आधारित पछ्यौटे प्रतिगामी प्रणालीलाई अस्वीकार गर्‍यौं । सङ्घीयतामा आधारित लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौं । तर अहिले यतिखेर राजनीतिक अस्थीरताका कारण सिर्जित निराशालाई ‘क्यास–गर्दै’, हाम्रा बलिदान तथा शताव्दी लामो संघर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा विउँताउने मात्रै हैन तिथि मिति नै तोकेर सिंहसानमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवम् अराजक गतिविधि सुरु भएको छ ।’

प्रस्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिवद्धता रहेको ओलीले बताउ । यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता नीति तथा कार्यक्रममा रहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?