सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्रीको आपत्ति

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्रीको आपत्ति

अर्थ चौतारी

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्रीको आपत्ति

A A- A+

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।  कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए । ‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’ सांसद केसीको भनाइ थियो । आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र सङ्कीर्ण सोच भएको हुने भन्ने कूतार्किक अभिव्यक्ति दिएको शिक्षामन्त्री श्रेष्ठले बताइन् ।स्वतन्त्र सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधकाबारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रूपमा चित्रण गरेको भन्दै उनले आपत्ति जनाएकी हुन् । ‘समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ,’ उनले लेखेकी छन्, ‘उहाँहरूको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरूको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।’ समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जाने उनको भनाइ छ । ‘शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो – समाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको,’ मन्त्री श्रेष्ठले लेखेकी छन् ।सांसद केसी र मण्डलले सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ स्त्रीद्वेषी टिप्पणी राखेको भन्दै कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्ने उनको भनाइ छ । सांसद केसी र मण्डलका अभिव्यक्तिलाई अब के गर्ने भन्दै प्रश्न उठाएकी छन् । ‘रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने  ?’ उनको प्रश्न छ । सांसद केसी र मण्डलको स्त्रीद्वेषी अभिव्यक्तिमाथि आपत्ति जनाएकी मन्त्री श्रेष्ठमाथि पनि सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।केही दिनअघि एमाले अध्यक्ष केपी शर्माले आफूमाथि स्त्रीद्वेषी टिप्पणी गर्दा नाम लिन किन डराएको भन्दै मन्त्री श्रेष्ठमाथि पनि प्रश्न उठेको छ । मन्त्री श्रेष्ठले अमुक नेता भन्दै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?