काठमाडौँ । वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको भन्दै विकल्प खोज्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग अध्यक्ष नेपालले विकल्प खोज्नुपर्ने बताएका हुन्। वर्तमान सरकारले अहिलेको व्यवस्था जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुची नदेखाएको उनको आरोप छ।
अध्यक्ष नेपालले परम्परा धान्ने गरी मात्र सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए। उनले सरकार परिणामविहीनमात्र नभइ उद्देश्यविहीन हुन पुगेको जिकिरसमेत गरे। सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने निराशा पनि उनले व्यक्त गरे।
‘सरकार फेरबदलभन्दा पनि परम्परा धान्नेगरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रस्तुत गरिएको छ। विगतमा जसरी सरकार परिणामविहीन थियो, अब उद्देश्यविहीन पनि भएको अवस्था छ। विगतका राम्रा कुरालाई पनि छोडेको छ‚’ अध्यक्ष नेपालले भने, ‘पुराना कुराहरुको पुनरावृत्ति पनि गरेको छ। गतिहिन र यथास्थितिवादी अवस्थामा छ। यो सरकारको विकल्प त खोज्नुपर्छ तर विकल्प खोजेर पार लाग्दैन। किनभने दुईवटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन। यो मुलुकको निम्ति बोझ बनेको छ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच