भित्री विवादले बजेट ढिला, असार ३२ मा निर्णय दिन मेयर बालेनको तयारी

भित्री विवादले बजेट ढिला, असार ३२ मा निर्णय दिन मेयर बालेनको तयारी

अर्थ चौतारी

भित्री विवादले बजेट ढिला, असार ३२ मा निर्णय दिन ...

A A- A+

काठमाडौँ। काठमाडौं महानगरपालिकाले आगामी असार ३२ गते नगरसभा बैठक बस्ने निर्णय गरेको छ। बैठकमा चालु वर्षको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गरी पारित गरिनेछ।

मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार १७औं नगरसभाको पहिलो बैठकमा असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा दोस्रो बैठक बस्ने जानकारी दिएका हुन्। महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यसमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट र बाँकी ६५ करोड रुपैयाँ बाह्य स्रोतबाट जुटाइने उल्लेख छ।

संविधानअनुसार असार १० भित्र बजेट ल्याइनुपर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण ढिलो भएको थियो। उपप्रमुख सुनिता डंगोलले ढिलाइको लागि सार्वजनिक रूपमा माफीसमेत मागेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?