कवाड व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र

कवाड व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र

अर्थ चौतारी

कवाड व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र

A A- A+

काठमाडौं। कवाड व्यवसायी समाज नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध गुनासो गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ।

सोमबार बुझाइएको ज्ञापनपत्रमा काठमाडौँ महानगरले पछिल्लो १८ महिनादेखि कवाड व्यवसायीहरूमाथि "गुण्डागर्दी शैलीमा कुटपिट, अपहरण र अमानवीय व्यवहार" गर्दै आएको आरोप लगाइएको छ।

समाजका अध्यक्ष राम केवल गुप्ताले मेयर शाहले गरिब जनता र मजदुरवर्गलाई काठमाडौँबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। "कवाड व्यवसायी, सङ्कलक तथा मजदुरहरूको टाउको फुट्ने, अङ्गभङ्ग हुने अवस्था आएको छ," गुप्ताले बताएका छन्।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, महानगर प्रहरीद्वारा कवाड व्यवसाय सञ्चालन भइरहेका संरचनाहरू भत्काइएका छन् भने सङ्कलकहरूका साइकल र काममा प्रयोग हुने सामग्रीहरू समेत जफत गरिएको छ।

व्यवसायीहरूले आफूहरू प्रचलित कानुनअनुसार सम्बन्धित निकायको अनुमति लिएर व्यवसाय गर्दै आएको र वर्षौंदेखि सरकारलाई कर तिर्दै आएको जानकारी दिएका छन्। उनीहरूले कवाड व्यवसायले देशको वातावरणीय सरसफाइ, कच्चा पदार्थ आपूर्ति र व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरेका छन्।

अध्यक्ष गुप्ताका अनुसार हाल देशभर करिब १ लाख मानिस यो व्यवसायमा प्रत्यक्षरूपमा आवद्ध छन्। व्यवसायीहरूले संघीय सरकारसँग आफूहरूको पेशा तथा जिउधनको सुरक्षाका लागि हस्तक्षेप गर्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?