डा.शेखर कोइराला भन्छन् : सरकारलाई असफल हुने छुट छैन्

डा.शेखर कोइराला भन्छन् : सरकारलाई असफल हुने छुट छैन्

अर्थ चौतारी

डा.शेखर कोइराला भन्छन् : सरकारलाई असफल हुने छुट छैन्

A A- A+

काठमाडौँ। वर्तमान सरकारलाई असफल हुने छुट नरहेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन्। सोमबार प्रतिनिधिसभा भवनमा पत्रकारहरूसँग कुरा गर्दै दुई ठूला दल मिलेर बनेको झन्डै दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन्।

उनले सातबुँदे सहमति पालना गर्न सरकार चुकेको उल्लेख गरेका छन् । कोइरालाले भने,‘सातबुँदे सहमतिका आधारमा सरकार बनेको छ। सहमतिअनुसार संविधान पुनरावलोकन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक वृद्धिलगायतका कुरामा सरकार चुकेको छ, यी कुराहरू जरूरी हुन्।’

नेता कोइरालाले संविधान पुनरावलोकन गर्ने दुवै दलबीच सहमति भए पनि त्यसमा ढिलाई भएको उल्लेख गरे। संविधान पुनरावलोकन गर्न समय लाग्ने भन्दै उनले ९ महिना बितिसक्दा पनि सुरू हुन नसकेको जिकिर गरेका छन्। कांग्रेस–एमालेको दुई तिहाईको संख्या छ भन्दैमा संविधान संशोधन गर्न नहुने उनको भनाइ छ। कोइरालाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै सरोकारवालालाई समावेश गरेर संविधान पुनरावलोकनतर्फ अगाडि बढ्नुपर्ने उल्लेख गरे।

नेता कोइरालाले नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको दाबी गरे। ‘कांग्रेसभित्र हाम्रो कुनै पनि त्यस्तो समस्या छैन। उहाँहरूलाई लागेको मात्र हो,’ उनले भने,‘कति मिडियाले गलत प्रचार गरिदिन्छन्। मेरै बारेमा पनि कति मिडियाहरूले सरकार ढाल्न खोज्यो भनेर प्रचार गरेका छन्। यो सत्य होइन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?