धनकुटामा बस दुर्घटना : एकको मुत्यु, १४ जना घाइते

धनकुटामा बस दुर्घटना : एकको मुत्यु, १४ जना घाइते

अर्थ चौतारी

धनकुटामा बस दुर्घटना : एकको मुत्यु, १४ जना घाइते

A A- A+

काठमाडौँ। धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको गोठगाउँमा आइतबार बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्।

को १ ख २१७७ नम्बरको बस बिहान करिब १०ः१५ बजे धनकुटा नगरपालिका–६ गोठगाउँस्थित कोशी लोकमार्गमा सडकबाट तल खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घाइतेमध्ये ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको हो। उनी धनकुटा नगरपालिका–६ की बासिन्दा थिइन्।

घाइतेहरूलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको छ। प्रहरीले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा भोजपुर, सुनसरी, धनकुटा र इटहरीका यात्रुहरू छन्। घाइतेहरूको नामावली यसप्रकार छ:

सूर्यमणि तामाङ – षडानन्द नपा–१३, भोजपुर

अनमोल तामाङ – षडानन्द नपा–१३, भोजपुर

कृष्ण राउत – बराहक्षेत्र नपा–२, सुनसरी

रुद्र तामाङ (बस चालक) – धरान उप–मपा–१३, सुनसरी

गङ्गाप्रसाद सापकोटा – पौवादुङमा गा.पा.–३, भोजपुर

सविना बराइली – नपा–११, भोजपुर

देवी टविक – नपा–११, भोजपुर

हंशबहादुर राई – साँगुरीगढी गा.पा.–६, धनकुटा

कापुर्णमाया तामाङ – षडानन्द नपा–११, भोजपुर

लिलाबहादुर श्रेष्ठ – नपा–११, भोजपुर

दीर्घमाया राई – साँगुरीगढी गा.पा.–६, धनकुटा

आयुष राई – इटहरी

धनकुमार विक – धनकुटा–६

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?