दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

अर्थ चौतारी

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

A A- A+

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?