कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको अछाम पुगेका छन् ।हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको क्रममा अध्यक्ष दाहाल अछाम पुगेका हुन् ।अभियानका क्रममा अध्यक्ष दाहालसहितको टिमले अछामी समुदायको परम्परागत परिकार भक्सीको स्वाद लिएको छ ।
भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर आगोको भुङ्ग्रेमा पकाइन्छ । यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरेर बनाइने अर्को लोकप्रिय परिकार हो । स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा बेरेर पकाइएको भक्सी र डल्ला मासको स्वादले भरिपूर्ण परिकार खाजाका रूपमा ग्रहण गरेको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच